काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समयमा गरिएका कामको दसी-प्रमाण नभेटिएको दाबी गरेका छन्। सत्तापक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीले संसदमा आफ्नो भनाइ राख्दै यस्तो बताएका हुन्।
उनले भने, 'कांग्रेसले काम नै नगरेको हो कि अभिलेखीकरण नगरेको हो, उसको नेतृत्वमा सरकार भएका बेला गरिएका कामको दसी-प्रमाण भेटिएन।'
आफ्नो प्रधानमन्त्रीकालमा भएका कामको समेत फेहरिस्त प्रस्तुत गर्दै उनले नेपाली कांग्रेसले केही समय काम गर्ने तरिका आफूबाट सिक्नुपर्ने बताए। उनले कटाक्ष गरे, 'अलिक समय हेर्नु-सिक्नु नि! अझै कांग्रेस सरकारमा आउन बल गरिरहेको छ।'
उनले वर्तमान सरकारले १० वर्षमा विकसित नेपाल बनाउने जिकिर गरे। कांग्रेसतर्फ व्यंग्य गर्दै उनले थपे, 'कसरी बनाउँछौं हेर्नु नि अलि समय।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।