काठमाडौं– चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद गुमेपछि दोस्रो स्थानमा रहेका उमेश श्रेष्ठ आफूलाई ‘स्वतः विजयी’ गराउन माग गर्दै निर्वाचन आयोग गरेका छन्।
नेपाली कांग्रेसबाट उठेर भएका श्रेष्ठ निवेदन दिन आइतबार आयोग पुगेका हुन्।
गत मंसिर ४ को प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन– २ बाट विजयी भएका थिए।
उनले ४९ हजार २६१ मत ल्याएका थिए। तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ १५ हजार ९१ मतमात्र ल्याएर दोस्रो भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।