काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छिन्।
अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् भने देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन्।
नेपाली कांग्रेसलेसमेत राष्ट्रिय सभा उपाध्यक्षमा माओवादलाई नै सघाउने निर्णय गरेका कारण अर्याल निर्विरोध चयन हुने सम्भावना देखिएको छ।
सतागठबन्धनबाट अर्यालको एकल उम्मेदवारी र कांग्रेसले पनि उनकै समर्थन गरे पछि उनी सर्वसममत हुने भएकी छिन्। राष्ट्रिय सभामा ५८ सांसद छन्। एमालेबाट अध्यक्षबाहेक १७ सांसद छन् भने माओवादीका १६ सांसद छन्।
यस्तै राष्ट्रिय सभामा नेपाली कांग्रेसका ११, नेकपा एकीकृत समाजवादीका ७, जसपाका ३, लोसपाका १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।
राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि सोमबार निर्वाचन गर्ने कार्यतालिका राष्ट्रिय सभाले सार्वजनिक गरेको छ। अन्य कसैको उम्मेदवारी नपरेको खण्डमा अर्याल निर्विरोध चयन हुनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।