काठमाडौं– नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले किसानलाई समयमा मल दिन नसक्ने सरकारले के गरेर बसिरहेको छ भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तिमल्सिनाले सरकारमाथि यस्तो प्रश्न उठाएका हुन्।
‘धेरै पटक सदनमा कुरा उठाइयो तर कुनै पनि कार्यन्व्यन भएका छैनन्। मलखाद नपाएर किसान समस्यामा छन्। मलखाद ७ लाख मेट्रिक टन आवश्यक पर्छ तर सरकारले ३ लाख मेट्रिक टन मात्र किन्छ। सरकारहरु परिवर्तन भए तर किसानलाई मलखाद किनेर दिन नसक्ने सरकारले के गर्न सक्छ भन्ने प्रश्न छ?,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा सभामुखले रुलिङ गर्नु पर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।