काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउको जानकारी सदनलाई दिइँदैछ। आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा सो जानकारी दिन लागिएको हो।
'सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (१) बमोजिम प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ हुनुभएको जानकारी गराउनुहुने', आइतबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा भनिएको छ।
चौधरीलाई गत बिहीबार प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेका खुलेको थियो। चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।