काठमाडौं– कृतिम ऋणी खडा गर्दै ऋण प्रभाव गर्ने सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुर दाङको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरिएको छ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय लघुवित्त लिमिटेड दाङका संस्थापक तथा सञ्चालकले लामो समयदेखि कृतिम ऋणी खडा गर्दै ऋण प्रभाव गर्दै साँवा तथा व्याज चुक्ता गर्न पुनः ऋणी खडा गर्ने गरेकाले निलम्बन गरिएको जनाएको छ।
उक्त लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ खमा भएका अवस्थाहरु विद्यमान रहेको देखिएको उल्लेख गर्दै निलम्बन गरिएको जनाएको छ। त्यसैगरी, उक्त संस्थाको गत माघ २३ गतेबाट बैंकले नियन्त्रणमा लिई बैंकबाट नियुक्त अधिकारी नियुक्त गरेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।