काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
आजै ११ बजे पार्टीको बैठकले लिने निर्णयपछि पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताएका छन्।
'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु', लामिछानेले ट्विट गरेका छन्।
उनले सिंगो देश र विदेशमा रहनुहुनेहरु सबैले आफ्नो पत्रकार सम्मेलन हेरुन् र सुनुन् भन्ने आफूले चाहेको उनले बताएका छन्। 'मैले सिधाकुरा नगरेको धेरै भएछ', उनले भनेका छन्।
११ बजे बस्ने पार्टीको बैठकले सरकारमा सहभागिताका सन्दर्भमा निर्णय लिने अपेक्षा गरिएको छ। यद्यपि, गत बिहीबार नै यस किसिमको अपेक्षा गरिएको थियो। तर केन्द्रीय सदस्य र सांसदसहित सो संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको थियो। शनिबार राति बसेको बैठकले पनि ठोस निर्णय लिन सकेको थिएन। त्यसपछि आइतबारका लागि बैठक बोलाइएको हो।
नागरिकता पुनःप्राप्तिपछि पुनः गृह मन्त्रालय फर्किने प्रयत्न गरिरहेका लामिछाने सफल भएका छैनन्। उनले गृह मन्त्रालय नपाउने लगभग निश्चित जस्तै भएका बेलामा लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।