काठमाडौं– धनुषमा हातहतियार तथा गोलीसहित एक मिटर ब्याजी पक्राउ परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका– १ निवासी ४१ वर्षीय दिलीप साहलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको हो।
साहविरुद्ध विभिन्न व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका थिए। कार्यालयबाट प्रहरी नायव उपरीक्षक दीपककुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो ।
सो क्रममा कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू फेला परेको प्रहरीले जनाएको छ।
साथै, उनको साथबाट एक थान कटुवा, चार थान थ्री नट थ्री राइफलमा लाग्ने गोली, एक थान म्यागनममा लाग्ने गोली र एक थान म्यागनमको खोका फेला परेको बताइएको छ।
पक्राउ गरेका साहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।