काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ।
बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा शनिबारका लागि सारिएको थियो।
बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव माओवादीको बैठकमा समेत परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।