काठमाडौं– काठमाडौंमा “हेराल्ड फुड फेस्टा–२०७९” कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। व्यवस्थापन सङ्काय, कक्षा १२ को आयोजनामा भएको कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख सहप्राध्यापक विनोद रेग्मीले गरेका थिए।
फुड फेस्टामा होटल व्यवस्थापन विषय अध्ययन गर्ने छात्र–छात्राहरूले तयार पारेका विभिन्न किसिमका खानाका परिकार स्टलमा सजाएर राखिएका थिए।
यसैगरी, कार्यक्रममा विभिन्न किसिमका मनोरन्जानात्मक खेल तथा साङ्गीतिक कार्यक्रमहरू पनि समावेश गरिएका थिए।

होटल व्यवस्थापन विषयका प्रमुख सुजल ढुंगानाले विद्यार्थीहरूको क्षमता र सीप वृद्धिका लागि होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीरूका लागि यस्ता कार्यक्रमहरू ज्यादै लाभदायक र उपलब्धिमुलक हुने बताए।
हेराल्ड इन्टरनेसनल कलेजले होटल व्यवस्थापन विषयको पढाइलाई उत्कृष्ट तथा प्रमुख शैक्षिक गन्तव्यको रुपमा राखिएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।