काठमाडौं– सामसङले ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ खुलाएको छ।
सामसङका निर्देशक प्रणय रत्न स्थापितले प्रिबुकिङ शुक्रबारदेखि खुलेको जानकारी दिए। उनका अनुसार ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले शुक्रबारदेखि नै प्रिअर्डर गर्न सक्नेछन्। साथै प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नेछन्।
मनपर्ने ग्यालेक्सी एस २३ सिरिजको फोन आधिकारिक प्रिअर्डर वेबसाइटबाट वा नजिकको सामसङ स्टोरबाट प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ।
‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’, सामसङले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एस २३ अल्ट्राको मूल्य १२ र ५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
त्यस्तै १२ र २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ। एस २३ प्लसको ९८ र २५६ जीबी १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ ९८ र २५६ जीबीको मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।
फोन किस्ताबन्दीमा पनि किन्न सकिने छ। मासिक ६ हजार ४ सय रुपैयाँबाट शुरु हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार फोनमा एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा पनि रहेको छ।
यो लिंकमा गएर हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।