फाइल तस्बिर।
काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रको असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा सुनीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा सत्रुधनप्रसाद सिंह, खानेपानी तथा उर्जा विकासमन्त्रीमा सिंहासन कलावार, कानुन न्याय तथा प्रदेश मामिलामा राजकुमार लेखी र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहम्मद जयद खाँ आलम नियुक्त भएका छन्।
यसैगरी राज्यमन्त्रीमा तीनजना नियुक्त भएका छन्। शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन्।
माओवादी केन्द्रले मधेश प्रदेशमा दुई मन्त्रालय मागेको थियो तर जसपाले केन्द्रको ‘बदला’ लिएको छ। उद्योग, पर्यटन तथा बन मन्त्रालय मात्रै दिने बताइपछि उक्त पार्टी सरकारमा सहभागी भएन। माओवादी केन्द्रले नेतृत्व गरेको संघीय सरकारमा मन्त्रालय भागबन्डामा चित्त नबुझेपछि जसपा सरकारमा सहभागी भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।