काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच भेटवार्ता भएको छ।
दुई नेता बीच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय शिष्टाचार भेटवार्ता भएको हो।
उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र मलेसिया बीचको सम्बन्धलाई नयाँ स्तरमा लानुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जवाफमा मन्त्री इजमाइलले नेपालका श्रमिकले मलेसिया विकासमा अतुलनीय योगदान पुर्याएकोले नैपाल उच्च प्राथमिकतामा रहेको बताएका छन्।
मन्त्री इजमाइल शुक्रबार काठमाडौं आइपुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।