काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ।
उक्त सम्झौतापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन्।
सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।
रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्सुरेन्स तथा अण्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।
रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बिमा क्षेत्रमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।