टोरेन्टो– क्यानडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ। क्यानडास्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट त्यहाँ रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ। सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो।
भारत विरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुर्याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।”
ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्। “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्विटरमाफर्त भनेका छन्।
क्यानडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन। यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बीएपीएस स्वामीनारायण मन्दिरलाई क्यानडाली अतिवादीले भारतविरोधी भित्तेचित्रले विकृत पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।