• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

64x64
रासस सोमबार, माघ १६, २०७९  १०:२१
1140x725

अमेरिका– विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
 
इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो ।

अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो।

अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए। नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अंक ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन्। उनीहरुबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ।

नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्को अडिसन हुने तय भएको छ। सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिए। 

मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ट प्रतियोगीमा ओहायो राज्यको सिनसिनाटी सहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुवेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुङ्गेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मगर, भर्मण्ट मोन मगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन्।

अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा थिए। 

उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताए। 

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वास राख्ने हरेक नेपालीले आफू रहेकै स्थानमा विश्वभर परिचय बनाउन यी शोहरुले उपयुक्त अवसर दिने उनले बताए। 

Ncell 2
Ncell 2

अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही एक करोड रकम पुरस्कार दिइने छ। उनले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिए।  

छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभालाई जहाँ रहेका भए पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर प्रदान गर्न सकियोस् भनेर यी शो आयोजना गरिएको उनको भनाइ थियो।

अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन्। नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताए। 

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गरे। 

सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ। उनले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिए। 

फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिए। 

अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्