काठमाडौं – नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन्।
प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले सिफारिस गरेकाे हाे । सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले प्रत्यक्ष उम्मेदवारका रुपमा प्रतिनिधिसभाका लागि सिफारिश गरेको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए।
सिलवाल गत शुक्रबार एमालेमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।