• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आलोचना छल्न केन्द्रीय समिति टार्दै देउवा

64x64
नवीन झा बिहीबार, माघ १२, २०७९  २०:३४
1140x725

काठमाडौं– नेपाली कांग्रेसले यही माघ १५ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक अनिश्चित समयका लागि सारेको छ। योसँगै अब अर्को बैठक कहिले बस्छ भन्ने यकिन छैन। १० पुषको नाटकीय राजनीति घटनाक्रमपछि संसद्को पहिलो दल हुँदाहुँदै सत्ताबाट बाहिरिएपछि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कतिपय पदाधिकारीले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका थिए।

पार्टीका पदाधिकारीहरुले नै निर्वाचन पछिको राजनीतिक संवादका बारेमा आफूलाई थाहा नभएको भन्दै सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर २२ पुषमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको सूचना सम्प्रेषण गरेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खडकाले त वर्तमान राजनीतिका  सन्दर्भमा उठेको सवालमा गहिरो गरी समीक्षा गर्न भनेर केन्द्रीय समिति बैठक बोलाइएको समाजिक सञ्जालमा नै सम्प्रेषित गरेका थिए। 

तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने वातावरण आन्तरिक रुपमा निर्माण भएपछि २२ गतेको केन्द्रीय समिति बैठक स्थगित भएको सूचना काग्रेस पार्टी कार्यलयले जारी गर्यो। २२ पुषको बैठक स्थगित गर्दैगर्दा कांग्रेसले २९ पुषमा बैठकको मिति घोषणा गर्यो। तर उक्त मितिमा पनि काग्रेसले बैठक गर्न सकेन। सभामुख र उपसभामुख निर्वाचनको बाहाना देखाउँदै कांग्रेसले माघ १५ गते बैठक गर्ने अर्को सूचना जारी गर्यो। 

तर, बिहीबार कांग्रेसले पुनः सूचना जारी गर्दै यही माघ १५ गतेको बैठक अनिश्चितकालका लागि सारेको छ। योपटक कांग्रेसले अर्को कुनै मिति घोषणा गरेको छैन। हुन त १५ माघको बैठक सार्ने जानकारी कांग्रेस सभापति देउवाले गत सोमबारको पदाधिकारी बैठकमै गराइसकेका थिए। पदाधिकारी बैठकमा देउवाले राष्ट्रपति निर्वाचनसम्म केन्द्रीय समिति बैठक गर्न सम्भव नरहेको जानकारी दिएका थिए। त्यहीभएर सोमबारको पदाधिकारी बैठकमा सहभागी नेताहरुले १५ माघको बैठक हुँदैन भन्ने गत सोमबार नै थाहा पाएका थिए। यद्यपि, कांग्रेस पार्टी कार्यालयले बिहीवार बैठक स्थगितको सूचना जारी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले १५ माघको केन्दी्रय समिति बैठक किन सरेको भन्ने आफूलाई थाहा नभएको बताए। ‘यसरी बैठक पटक–पटक सार्नु ठीक भएन,’ उनले भने, ‘बैठक बोलाउँदा नै सबै कुरा ख्याल गरेर बोलाउनु पथ्र्यो, यसरी पटक–पटक सारेर राम्रो सन्देश प्रवाह हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको आन्तरिक बहस पन्छाउने नियत 

गत ४ मंसिरको निर्वाचनमा कांग्रेस माओवादी केन्द्रसहित एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर सहभागी भएको थियो। पार्टीभित्रैको ठूलो तप्काले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत राख्दाराख्दै नेतृत्वले माओवादीसहितका दलहरुबीच गठबन्धन बनाएर निर्वाचनमा गएका बहुमत ल्याउने दाबी गरेको थियो। साथै, सरकार पनि आफ्नै पार्टीको नेतृत्वमा हुने निश्चित भएको भन्दै फरक धारणा राख्ने श्वरहरुलाई खासै महत्व दिइएन। बरु उल्टै गठबन्धनको विरोध नगर्न पदाधिकारी र केन्द्रीय सदस्यसहित सबै पंतिमा निर्देशन जारी गरियो। जसकाकारण १६५ सिट मध्ये कांग्रेसले जम्मा ९१ क्षेत्रमा मात्रै आफ्नो उम्मेदवारी दिन पायो। 

तर, निर्वाचनका परिणामपछि कांग्रेसको केन्द्रदेखि प्रदेशहरुसम्म नै विपक्षमा पुगेको अवस्था छ। यस्तोमा पार्टी सभापति देउवाले लिएको नीतिको पार्टीमा चर्को विरोध हुने अवस्था देखिन्छ। कतिपय जानकारहरुले केन्दी्रय समिति बैठक त्यही भएर सभापति देउवा र उनी निकटस्त नेताहरु सक्दो पन्छाउने रणनीतिमा छन्।  सभापति देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार कसरी जित्न सकिन्छ भन्ने विषय प्राथमिकतामा रहेकाले बैठक सारिएको बताए। राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै केन्द्रीय समिति बैठक हुने कार्कीको भनाइ छ। निर्वाचनको समीक्षा गर्न बस्न भनिएको बैठक केही लामो समयसम्म चल्ने भएकाले पनि अहिले सभापतिले बैठक सार्नु परेको उनको स्पष्टोक्ति छ। 

Xtrem
Xtrem

यद्यपि, जानकारहरु सभापति देउवा ०७४ कै निर्वाचन पछिको रणनीति अपनाउँदै बैठक सारेर पार्टीका आन्तरिक मद्दाहरु सकभर पन्छाउने दाउमा रहेको बताउँछन्। आफनै नेतृत्वमा भएको ०७४ को निर्वाचनमा कांग्रेस पराजय भएपछि उनले समीक्षा गर्न यसैगरी नौ महिना लगाएका थिए। निर्वाचन मंसिरको पहिलो हप्तामा थियो। तर, सभापति देउवाले कांग्रेसले चैतको दोस्रो हप्तायता पार्टी केन्दी्रय समितिको बैठक राख्न आवश्वक ठानेनन्। चैतमा भएको बैठक पनि देउवाले झण्डै डेढ महिना लम्ब्याएर आफू अनुकुलका पदाधिकारी चयन गर्दै सकाएका थिए।

हुन त निर्वाचनपछि कांग्रेस संघीय संसद्सँगै चारवटा प्रदेशमा पहिलो दल बनेको छ। आफ्नो नेतृत्वमा सरकार बनाउनकै लागि भनेर तालमेलसहित चुनानी मैदानमा होमिएको कांग्रेस अहिले रक्षात्मक अवस्थामा पुगेको छ। केन्द्रसँगै कुनै पनि प्रदेशमा कांग्रेसको सरकार बनेन। ठूलो पार्टी हुनका बाबजुद पनि कांग्रेस अलिे हात लाग्यो शून्यको अवस्थामा पुगेको छ। यदि, केन्द्रीय समितिको बैठक बसेका यो विषय जोडतोडले उठ्ने निश्चित छ। यस्तोमा सभापति देउवा जतिसक्दो केन्द्रीय समिति बैठक पर धकेलेर आलोचनाबाट बच्नेमात्र नभएर आन्तरिक विवाद पनि सामसुम पार्ने रणनीतिमा देखिएको विश्लेषण गरिएको छ।  

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्