• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आलोचना छल्न केन्द्रीय समिति टार्दै देउवा

64x64
नवीन झा बिहीबार, माघ १२, २०७९  २०:३४
1140x725

काठमाडौं– नेपाली कांग्रेसले यही माघ १५ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक अनिश्चित समयका लागि सारेको छ। योसँगै अब अर्को बैठक कहिले बस्छ भन्ने यकिन छैन। १० पुषको नाटकीय राजनीति घटनाक्रमपछि संसद्को पहिलो दल हुँदाहुँदै सत्ताबाट बाहिरिएपछि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कतिपय पदाधिकारीले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका थिए।

पार्टीका पदाधिकारीहरुले नै निर्वाचन पछिको राजनीतिक संवादका बारेमा आफूलाई थाहा नभएको भन्दै सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर २२ पुषमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको सूचना सम्प्रेषण गरेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खडकाले त वर्तमान राजनीतिका  सन्दर्भमा उठेको सवालमा गहिरो गरी समीक्षा गर्न भनेर केन्द्रीय समिति बैठक बोलाइएको समाजिक सञ्जालमा नै सम्प्रेषित गरेका थिए। 

तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने वातावरण आन्तरिक रुपमा निर्माण भएपछि २२ गतेको केन्द्रीय समिति बैठक स्थगित भएको सूचना काग्रेस पार्टी कार्यलयले जारी गर्यो। २२ पुषको बैठक स्थगित गर्दैगर्दा कांग्रेसले २९ पुषमा बैठकको मिति घोषणा गर्यो। तर उक्त मितिमा पनि काग्रेसले बैठक गर्न सकेन। सभामुख र उपसभामुख निर्वाचनको बाहाना देखाउँदै कांग्रेसले माघ १५ गते बैठक गर्ने अर्को सूचना जारी गर्यो। 

तर, बिहीबार कांग्रेसले पुनः सूचना जारी गर्दै यही माघ १५ गतेको बैठक अनिश्चितकालका लागि सारेको छ। योपटक कांग्रेसले अर्को कुनै मिति घोषणा गरेको छैन। हुन त १५ माघको बैठक सार्ने जानकारी कांग्रेस सभापति देउवाले गत सोमबारको पदाधिकारी बैठकमै गराइसकेका थिए। पदाधिकारी बैठकमा देउवाले राष्ट्रपति निर्वाचनसम्म केन्द्रीय समिति बैठक गर्न सम्भव नरहेको जानकारी दिएका थिए। त्यहीभएर सोमबारको पदाधिकारी बैठकमा सहभागी नेताहरुले १५ माघको बैठक हुँदैन भन्ने गत सोमबार नै थाहा पाएका थिए। यद्यपि, कांग्रेस पार्टी कार्यालयले बिहीवार बैठक स्थगितको सूचना जारी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले १५ माघको केन्दी्रय समिति बैठक किन सरेको भन्ने आफूलाई थाहा नभएको बताए। ‘यसरी बैठक पटक–पटक सार्नु ठीक भएन,’ उनले भने, ‘बैठक बोलाउँदा नै सबै कुरा ख्याल गरेर बोलाउनु पथ्र्यो, यसरी पटक–पटक सारेर राम्रो सन्देश प्रवाह हुँदैन।’

Ncell 2
Ncell 2

पार्टीको आन्तरिक बहस पन्छाउने नियत 

गत ४ मंसिरको निर्वाचनमा कांग्रेस माओवादी केन्द्रसहित एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर सहभागी भएको थियो। पार्टीभित्रैको ठूलो तप्काले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत राख्दाराख्दै नेतृत्वले माओवादीसहितका दलहरुबीच गठबन्धन बनाएर निर्वाचनमा गएका बहुमत ल्याउने दाबी गरेको थियो। साथै, सरकार पनि आफ्नै पार्टीको नेतृत्वमा हुने निश्चित भएको भन्दै फरक धारणा राख्ने श्वरहरुलाई खासै महत्व दिइएन। बरु उल्टै गठबन्धनको विरोध नगर्न पदाधिकारी र केन्द्रीय सदस्यसहित सबै पंतिमा निर्देशन जारी गरियो। जसकाकारण १६५ सिट मध्ये कांग्रेसले जम्मा ९१ क्षेत्रमा मात्रै आफ्नो उम्मेदवारी दिन पायो। 

तर, निर्वाचनका परिणामपछि कांग्रेसको केन्द्रदेखि प्रदेशहरुसम्म नै विपक्षमा पुगेको अवस्था छ। यस्तोमा पार्टी सभापति देउवाले लिएको नीतिको पार्टीमा चर्को विरोध हुने अवस्था देखिन्छ। कतिपय जानकारहरुले केन्दी्रय समिति बैठक त्यही भएर सभापति देउवा र उनी निकटस्त नेताहरु सक्दो पन्छाउने रणनीतिमा छन्।  सभापति देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार कसरी जित्न सकिन्छ भन्ने विषय प्राथमिकतामा रहेकाले बैठक सारिएको बताए। राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै केन्द्रीय समिति बैठक हुने कार्कीको भनाइ छ। निर्वाचनको समीक्षा गर्न बस्न भनिएको बैठक केही लामो समयसम्म चल्ने भएकाले पनि अहिले सभापतिले बैठक सार्नु परेको उनको स्पष्टोक्ति छ। 

यद्यपि, जानकारहरु सभापति देउवा ०७४ कै निर्वाचन पछिको रणनीति अपनाउँदै बैठक सारेर पार्टीका आन्तरिक मद्दाहरु सकभर पन्छाउने दाउमा रहेको बताउँछन्। आफनै नेतृत्वमा भएको ०७४ को निर्वाचनमा कांग्रेस पराजय भएपछि उनले समीक्षा गर्न यसैगरी नौ महिना लगाएका थिए। निर्वाचन मंसिरको पहिलो हप्तामा थियो। तर, सभापति देउवाले कांग्रेसले चैतको दोस्रो हप्तायता पार्टी केन्दी्रय समितिको बैठक राख्न आवश्वक ठानेनन्। चैतमा भएको बैठक पनि देउवाले झण्डै डेढ महिना लम्ब्याएर आफू अनुकुलका पदाधिकारी चयन गर्दै सकाएका थिए।

हुन त निर्वाचनपछि कांग्रेस संघीय संसद्सँगै चारवटा प्रदेशमा पहिलो दल बनेको छ। आफ्नो नेतृत्वमा सरकार बनाउनकै लागि भनेर तालमेलसहित चुनानी मैदानमा होमिएको कांग्रेस अहिले रक्षात्मक अवस्थामा पुगेको छ। केन्द्रसँगै कुनै पनि प्रदेशमा कांग्रेसको सरकार बनेन। ठूलो पार्टी हुनका बाबजुद पनि कांग्रेस अलिे हात लाग्यो शून्यको अवस्थामा पुगेको छ। यदि, केन्द्रीय समितिको बैठक बसेका यो विषय जोडतोडले उठ्ने निश्चित छ। यस्तोमा सभापति देउवा जतिसक्दो केन्द्रीय समिति बैठक पर धकेलेर आलोचनाबाट बच्नेमात्र नभएर आन्तरिक विवाद पनि सामसुम पार्ने रणनीतिमा देखिएको विश्लेषण गरिएको छ।  

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि शनिबार, मंसिर २०, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र शनिबार, मंसिर २०, २०८२
नेकपाको आज जनकपुरमा सन्देश सभा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य – पुटिन शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्