• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन विधेयक पारित

64x64
नेपाल लाइभ आइतबार, असोज २२, २०७४  १८:४९
1140x725

काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्नका लागि आवश्यक विधेयक संसदले तेस्रो प्रयासमा आइतबार पारित गरेको छ।

यसअघि दुई पटकसम्म गणपुरक संख्या नपुग्दा विधेयक पारित हुने चरणमा पुगेर रोकिएको थियो।

संसदबाट पास भएको विधेयक अनुसार संघीय संसद र प्रदेश सभा गठन भएको एक महिनाभित्र निर्वाचन गर्नुपर्नेछ । राष्ट्रपतिको उम्मेदवार हुन वंशजको आधारमा नेपाली नागरिकता लिएको व्यक्ति हुनु पर्ने उल्लेख छ । उक्त अवधिसम्म संविधानको संक्रमणकालीन व्यवस्था अनुसार बहाल रहेका राष्ट्रपति र उपराष्ट्रपति कायम रहनेछन्।

राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संघीय संसदको प्रतिसंसद् ७९ मतभार हुनेछ । त्यस्तै, प्रादेशिक संसदको प्रतिसंसद् ४८ मतभार हुनेछ।

निर्वाचन प्रयोजनको लागि संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने छ । संघीय संसदमा राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य हुने छन् । प्रदेश सभामा ५ सय ५० सदस्य रहनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नभएसम्म निर्वाचक मण्डल गठन हुने छैन । संघीय संसद र प्रदेश संसदका सदस्य रहेको निर्वाचक मण्डल गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि २०६८ को जनगणना अनुसारको कूल जनसंख्याको आधारमा मतभार गणना गरिएको छ । कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ लाई संघीय संसदका कुल सदस्य ३ सय ३४ ले भाग गरेपछि आउने संख्यालाई हजारले भाग गरेपछि आउने ७९ संघीय संसदका सदस्यको मतभार हो ।

संघीय संसदका एक जना सदस्यको मत बराबर ७८ मत गणना हुन जादा ३ सय ३४ सदस्यको २६ हजार ३ सय ८६ मत प्राप्त हुनेछ । यसैगरी, २०६८ को कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ लाई प्रदेश सभाका कुल सदस्य ५ सय ५० सदस्यले भाग गरी आउने संख्यालाई हजारले भाग गरेपछि आउने परिणाम प्रदेश सभामा सदस्यको ४८ मतभार हो । एक जना सदस्यको मत बराबर ४८ मत प्राप्त हुने भएकाले प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्दा २६ हजार ४ सय मत प्राप्त हुन जान्छ । जस बमोजिम निर्वाचक मण्डलको कुल मत ५२ हजार ७ सय ८६ हुन जानेछ ।

राष्ट्रपतिको पहिलो चरणमा निर्वाचन हुँदा निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त अर्थात २६ हजार ३ सय ९४ मत प्राप्त गर्नु पर्ने हुन्छ । उक्त बहुमत प्राप्त नभएमा दोस्रो चरणमा निर्वाचन हुन्छ । पुन हुने निर्वाचनमा कुल मतको ५० प्रतिशत मतभन्दा बढी मत प्राप्त गर्नुपर्नेछ । दोस्रो चरणमा पनि कोही निर्वाचत हुन नसकेमा तेस्रो चरणको निर्वाचनमा जसले बढी मत प्राप्त गर्छ त्यो राष्ट्रपतिमा छानिएको स्वतः घोषणा हुनेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राष्ट्रपति र उपराष्ट्रपतिको पद एकै पटक रिक्त भएको वा हुने अवस्थामा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ।

– राष्ट्रपति/उपराष्ट्रपति हुने योग्यता
– वंशजको आधारमा लिएको नेपाली नागरिक
– कम्तीमा ४५ वर्ष उमेर पूरा भएको
– भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्ति
– उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गरेको भन्दा फरक लिङ्ग वा समुदायको
– राष्ट्रपतिको उम्मेदवार हुन ५/५ जना प्रस्तावक र सर्मथक

प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक
सम्बन्धित सामग्री
कार्टुन सोमबार, कात्तिक २३, २०८३
युवा नेता भुपेन्द्रजङ शाहीले गरे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणाा सोमबार, कात्तिक २३, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक सोमबार, कात्तिक २३, २०८३
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्