काठमाडौं– इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ। रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो।
रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताएका छन्।
रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो। विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही माघ २४ गते स्वदेश फर्कने जानकारी दिए।
साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको संख्या यही माघ १ गतेदेखि आठमा सिमित गर्न आदेश दिएको छ। मस्कोमा पनि अठ जनामात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ।
यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।