काठमाडौं– झापाको एक चिया बगानमा युवा–युवती रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
मृत भेटिनेहरुमा २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी वसन्त पाठकले जानकारी दिए।
झापाको कचनकवल गाउँपालिका–४ मा रहेको एभरेस्ट चिया बगानको रुखमा उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। एउटै रुखमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत डीएसपी पाठकले जानकारी दिए।
डीएसपी पाठकका प्रहरीले घटनास्थल मुचुल्का संकलन गरी अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।