काठमाडौं– अमेरिकाको उत्तरी क्यालिफोर्नियाको दुई ठाउँमा गोलाबारीमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मून बे सहरका दुई फार्ममा गोलाबारी भएको हो।
सेन मेटेओ काउन्टीको शेरिफ कार्यालयका अनुसार कैयौं मानिस हताहत भएका छन्। एक संदिग्धलाई पक्राउ गरिएको छ। दुई दिनअघि मात्रै दक्षिणी क्यालिफोर्नियाको लस एन्जलसमा भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको थियो।
हाफ मून बे सन फ्रान्सिस्कोभन्दा करिब ५० किलोमिटरको दूरीमा रहेको छ। प्रहरीले यस घटनामा दुई घण्टापछि ६७ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको हो।
जाँच एजेन्सीले सन्दिग्धको कार शेरिफ विभागको सवस्टेशनको पार्किङमा रोकिएको पाएको थियो। गोलाबारीमा प्रयोग भएको बन्दुक यसै कारमा राखिएको भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।