• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

ज्योति बानियाँ मंगलबार, माघ १०, २०७९  १४:१७
1140x725

देशका सबै नागरिकलाई कुनै न कुनै रुपमा इन्धनको आवश्यकता हुन्छ। तर सरकारी स्वामित्व रहेको नेपाल आयल निगमले नै कालोबजारी गरिरहेको छ। जसका कारण उपभोक्ताहरु मारमा परेका छन्। 

निगमको बोर्डको सदस्यमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग लगायतका मानिस छन्। यी सरकारी निकायका सदस्य भएको निगमले नै कालोबजारी गरेपछि अरूको कालोबजारी कसरी रोक्छन् भन्ने प्रश्न खडा भएको छ।

कालोबजारी भन्नाले विदेशबाट आयात गरिने वस्तुको हकमा भन्सार ढोकाको घोषित मूल्यभन्दा २० प्रतिशत बढी मूल्य राखेर बेच्न पाइँदैन। यता स्वदेशमा नै उत्पादन गरेको वस्तुमा भने कारखानाको ढोका मूल्यभन्दा २० प्रतिशतभन्दा बढी मूल्य राखेर बेच्नु हो। निगमले अहिले भारतबाट ल्याइएको मूल्यमा २० प्रतिशतभन्दा निकै बढी मूल्य राखेर बिक्री गरिरहेको छ। यही कुरा लिएर हामीले सीआईबीमा पनि जाहेरी दिएका थियौं। तर त्यहाँबाट छानबिनको काम अगाडि नबढेपछि हामी सर्वोच्च अदालत जाने तयारीमा जुटेका छौं। 

स्वचालित मूल्य प्रणाली लागू नगर्दा उपभोक्ता मारमा
२०६८ सालमा आयल निगम सुधारको लागि बनेको समितिले बनाएको प्रतिवेदनले स्वचालित मूल्य प्रणालीको परिकल्पना गरेको थियो। स्वचालित मूल्य प्रणाली सञ्चालनको लागि मूल्य स्थिरीकरण कोषको परिकल्पना भीम आचार्यले गरेका थिए। स्वचालित मूल्य प्रणाली आचार्यको प्रतिवेदनका खोजहरू हुन्। उनले दिएको सुझावलाई सरकारले मानेर उक्त प्रणाली लागू भएको थियो। २०६९ साल वैशाख १२ गतेको क्याबिनेटले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो। 

त्यही समितिले नै स्वचालित मूल्य प्रणाली सम्बन्धी निर्देशिका नै बनाएर दिएको थियो। त्यही आधारमा निगमले आफूलाई फाइदा हुँदा केही समय स्वचालित मूल्य प्रणाली लागू समेत भएको थियो। तर आफूलाई घाटा हुने भएपछि निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छैन। यो त खेलको नियम पालना नगरेको जस्तो भयो नि। 

अहिले फेरि स्वचालित मूल्य प्रणालीलाई लत्याइएको छ। निगमले स्वचालित मूल्य प्रणाली मूल्य बढाउनको लागि मात्रै प्रयोग गर्‍यो। अहिले निगमले मूल्य बढाउँदा एकै पटक धेरै मूल्य बढाउने तर मूल्य घटाउने बेलामा भने थोरैथोरै मात्रै घटाएको छ।

त्यो त खेलको नियम पालन नगरको भयो नि। खेलको आफू जितेको बेला मात्रै प्रयोग गर्ने अनि आफू हार्दा चाहिँ त्यो नियम मान्दिनँ भन्नु त बेइमानी हो। अहिले सरकारले नै उपभक्तामाझ नियतवश बेइमानी गरिरहेको छ। यो बेइमानी रोकिनुपर्छ।

मूल्य स्थिरीकरण कोषका लागि प्रतिलिटर एक रुपैयाँको दरले पैसा उठाइन्छ। त्यो पैसा पेट्रोलियम पदार्थको मूल्य बढेको बेलामा खर्च गर्नुपर्ने हो। तर घर बनाउन, पर्खाल लगाउन, आसेपासेलाई विदेश भ्रमणमा पठाउनको लागि खर्च गरेको पाइन्छ। पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्नको लागि खडा गरिएको कोष अन्त खर्च गर्नु त गलत नै हो।

Ncell 2
Ncell 2
nimb
nimb

निगमले आफ्नो पुरानो घर भत्काउनको लागि पनि ४ करोडसम्म उक्त कोषको पैसा खर्च गरेको पाइएको छ। अहिले त इँटा, ढुङ्गा पाउने भएपछि त आफैं भत्काएर लैजाने मानिस त कति छन् कति। यो त पूरापूर बेइमानी हो। यो कामको छानबिन गर्न आवश्यक छ।

निगमले इन्धनको मूल्यवृद्धि हुने समयमा मन्त्री, प्रधानमन्त्रीका आसेपासेहरूको पेट्रोल पम्पमा ‘पेट्रोल डम्पिङ’ गर्न लगाएर मूल्य बढाउने गरेको पाइएको छ। तेल वितरणको लागि स्वीकृति लिएका पम्पहरू ठेक्कामा चल्ने गरेका छन्। विभिन्न डिपोमा रहेका आयल निगमका हाकिमहरुले नै आसेपासेलाई पेट्रोल पम्प ठेक्कामा दिने गरेका ‘ओपन सेक्रेट’ नै छ।

इन्धन किन सरकारले नै बेच्नुपर्छ?
पेट्रोलियम पदार्थ राज्य सञ्चालनको रक्त सञ्चार हो। प्रत्येक देशले आफ्नो सरकारले नै पेट्रोलियम पदार्थ आयात, भण्डारण र वितरण गर्नुपर्छ। हाम्रो छिमेकी देश भारतमा पनि ४ वटा कम्पनीले पेट्रोलियम पदार्थ सम्बन्धी काम गरिरहेका छन्।

भरतमा यो भन्दा पहिलेको सरकारले एक निजी कम्पनीलाई पनि काम गर्न दिएको थियो। तर अर्को सरकार आएपछि त्यो निर्णयमा रोक लगायो। अहिले भारतमा निजी कम्पनीलाई रिफाइनरी गर्न मात्रै दिएको छ।

Xtrem

Xtrem

ठूलाठूला पुँजीवादी अर्थतन्त्र भएका देशहरूमा पनि पेट्रोलियम पदार्थको जिम्मा निजी कम्पनीलाई दिएको छैन। तर नेपालमा भने निजी कम्पनीलाई लाइसेन्स दिनको लागि मरिहत्ते गरिएको छ।

पेट्रोल फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) भित्र पर्छ। अर्थात् उपभोक्तामा छिटो पुग्ने वस्तु अन्तर्गत पर्छ। विश्वमा एफएमसीजीमा लगानी गर्नेहरू नै धेरै नाफा कमाउने र पैसा ‘होल्डिङ’ गर्ने भित्र पर्छन् भन्ने गरिन्छ। त्यसले आफ्नो वर्चस्व जमाउन सक्छ।

पहिले पनि निजी कम्पनीलाई दिनको लागि प्रयत्न भएको थियो। नेपाल आयल निगमले १२७ रुपैयाँ प्रतिलिटर पेट्रोल बेच्यो। त्यही बेला विराट पेट्रो नामको कम्पनी दर्ता गर्‍यो। तर उपभोक्तालाई मार पर्ने भन्दै मञ्चले हल्लाखल्ला गरेर बन्द भएको थियो। त्यति बेला हामीले निजीकरण रोक्नुको मुख्य कारण निगमले १२७ मा बेचिरहेको पेट्रोललाई १८० मा बेच्नको लागि तयारी गर्नु थियो।

त्यो कम्पनीले आयल निगमका कर्मचारीहरूलाई लगानी गरेर आफ्नै संस्थाको विरुद्ध उचालेको थियो। उनीहरूले निजी कम्पनीले १८० मा पेट्रोल बेच्यो भने त हामी पनि १८० मा नै बेच्नुपर्छ भन्न लागे। यसमा कर्मचारीको बोनस खाने स्वार्थ पनि लुकेको थियो। त्यसरी भएको मूल्यवृद्धिको प्रत्यक्ष मारमा त उपभोक्ता नै पर्ने हुन्।

त्यसैले हामी पेट्रोलियम पदार्थको आयात, प्रशोधन र वितरण गर्ने सरकारी कम्पनी नै हुनुपर्छ भन्दै आएका हौं। तर अब यहाँ आयात, वितरणको काम नाममा सरकारी कम्पनी भनिएको छ तर वितरण निजी कम्पनीले गरिरहेको छ। हो, यहीँ हो हामी चुकेको।

नाम आयात निगम छ, काम चाहिँ नाफा कमाउने एजेन्टले गरेको छ। उसको काम नै धेरैभन्दा धेरै मुनाफा कमाउनको लागि कसलाई प्रभावित परेर हुन्छ आफ्नो कमाइ धन्दा गरेको छ।

तर, अहिले आर्मी, सशस्त्र प्रहरीलाई पेट्रोल पम्प खोल्न दिएको छैन, ग्यास प्लान्ट राख्न दिएको छैन। तर उनीहरूलाई भने यो काम गर्न दिँदा हुन्छ भन्ने मलाई लागेको छ।

अहिले पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण लगायतको काममा पनि सरकारी निकायले निजी क्षेत्रलाई विस्थापित गर्नुपर्छ। किनभने, यसबाट निजी क्षेत्रले धेरै मुनाफा कमाऊ धन्दामा लाग्दा आम उपभोक्तालाई प्रत्यक्ष नकारात्मक असर पर्छ।अहिले रक्सौलसम्म भारतले इन्धन ल्याएको छ।

पेट्रोलियम पदार्थको रक्त सञ्चारमा अलिअलि पनि गडबड भयो भने सरकार थला पर्छ। पेट्रोलियम पदार्थको मूल्यमा अलिकति गडबड हुने बितिक्कै हाहाकार मच्चिन्छ। र, सहरी विद्रोह सुरु हुन्छ। किनभने, यो सहरी क्षेत्रमा अत्यधिक खपत हुने वस्तु हो।

१८ प्रतिवेदन तेल मफियामैत्री 
अहिले पेट्रोलियम पदार्थलाई गडबड गर्नको लागि तेल माफियाहरू सल्बलाएका छन्। यसको एक उदाहरण, चुनावको केही समय अगाडि मात्रै नेपाल आयल निगमको नामबाट राष्ट्रिय योजना आयोगमा प्रतिवेदन पेस गर्न लगाउनु हो। उक्त प्रतिवेदनमा निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ दिनुपर्छ भन्ने उल्लेख गरिएको छ। ती प्रतिवेदन दिनेहरू बनाउने अधिकांश पेट्रोलियम माफिया हुन्।

पहिले आयल निगमको ट्याङ्की भाडामा दिएर निजी कम्पनीलाई पेट्रोलियम पदार्थ सञ्चालन गर्न दिने गरी सहमति गरिएको थियो। यो खेलमा बैङ्कका सञ्चालकहरू पनि लागेका छन्।

अब यो सरकारले त्यो नियम  फेरि लागू गर्ला त भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ। पैसाको लागि जे पनि गर्ने मानिस भएको अवस्थामा पेट्रोलियम पदार्थको काम निजी कम्पनीलाई दिन पनि सक्छ।

तर, अहिलेसम्म सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरिसकेको छैन। त्यो तेल माफियाहरूले बनाएको प्रतिवेदनमा के छ, तत्काल सार्वजनिक हुनुपर्छ। त्यो प्रतिवेदन आयल निगम मात्रै हैन, देश नै डुबाउने गरी बनाएका छन्।

चुनावकै सम्मुखमा त्यो प्रतिवेदन बुझाउनुमा पनि ठूलो खेल छ। त्यो खेल विस्तारै सार्वजनिक हुँदै जान्छ।

अर्को कुरा, निगमको प्रमुख चयन गर्ने बेलामा शक्ति केन्द्रको प्रतिनिधि पठाउने गरिएको छ। योग्य मानिसलाई चयन गर्नुपर्ने ठाउँमा आसेपासे भर्ना गर्दा आयल निगम नै चुहिएको छ।

ग्यासः घरघरमा दुर्घटनाको जोखिम
घरमा प्रयोग गरिने ग्यास किन्दा कसैले पनि बीमा गरेको छैन। धन्न नेपाल चिसो ठाउँ भएकाले होला अहिलेसम्म ठूला दुर्घटना भएका छैनन्। तर कहिलेकाहीँ ग्यास पड्किएर मानिसले ज्यान समेत गुमाएका छन्। 

ग्यास पड्किएर एक जना संसद्को नै ज्यान गएको घटना पनि छ। उनले पनि क्षतिपूर्ति पाएको मैले सुनेको छैन। त्यसैले घरघरमा भएको ग्यास बम जस्तो भएको छ। अहिले बजारमा भएका अधिकांश सिलिन्डर गुणस्तरीय  छैनन्। घरहरूमा ग्यास राख्ने क्रममा पनि सुरक्षित रूपमा ग्यास राखिएको छैन।

घरायसी प्रयोग हुने एलपी ग्यास गह्रुँगो हुन्छ। ग्यास सिलिन्डर मानिसले आफ्नो भान्सामा नै राख्ने गरेका छन्। गुणस्तरहीन ग्यास बेचेर दुर्घटना भयो भने उपभोक्ताले ग्यास पसलेलाई समाउने कि निगमलाई?

अर्को, ठूलो ग्यास प्लान्ट वरिपरि भुल बस ग्यास पड्कियो भने काठमाडौँमा ठूलो भूकम्पको भन्दा बढी असर पर्छ। धन्न अहिलेसम्म त्यस्तो विपत्ति भएको छैन। अहिले प्लान्टमा केही गडबड भएर त्यस नजिक रहेका बस्तीहरूमा समेत ठूलो असर पर्ने देखिन्छ। तर त्यहाँका मानिसले कुनै पनि क्षतिपूर्ति पाउने अवस्था छैन। किनभने, ग्यास प्लान्टको बीमा भएको नै छैन।

यदि निजी क्षेत्रले राखेका ग्यास प्लान्टमा कुनै दुर्घटना भयो कसले जिम्मा लिने? नाफा कमाउन बसेको व्यापारीले गरेको गल्तीको सरकारले क्षतिपूर्ति सरकारले त तिर्दैन होला!

आम मानिसलाई कसरी ग्यास सुरक्षित तरिकाले राख्ने भन्ने सचेतना पनि जनाएको छैन। यसको मुख्य कुरा पेट्रोलियम कानुनको अभावको कारण भएको हो। पेट्रोलको आयत निर्यात र वितरण गर्नको लागि त्यससँग सम्बन्धित कानुनको अभाव छ। त्यो नै सबैभन्दा ठूलो कमजोरी हो।

नेपालले धेरै पहिले नै पास गर्नुपर्ने कानुन भए पनि सरकारको त्यसतर्फ ध्यान गएको छैन। त्यसो भयो भने मात्रै पेट्रोलियम पदार्थको आयात, भण्डारण, बिक्री-वितरण सही तरिकाले हुन्छ।

उपभोक्ता सचेतनाको लागि पनि काम गर्नुपर्छ। निजी क्षेत्रले आफ्नो आय गर्ने माध्यमको रूपमा यस्ता अति संवेदनशील क्षेत्रमा हात हालेको छ। अहिले भएका निकाय पनि आफ्नो नाफामा मात्रै जिम्मेवार भएको तर उपभोक्ताप्रति जिम्मेवार नभएको हाम्रो बुझाइ छ।

सम्बन्धित सामग्री:


अनियमितताले गाँज्दा टाट पल्टिने अवस्थामा आयल निगम

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू नगरेर बेइमानी गर्दैछ आयल निगम

उड्ने वर्गबाट कमाएको मुनाफाबाट गुड्ने वर्गलाई सहुलियत दिएका छौं: बिनितमणि उपाध्याय [अन्तर्वार्ता]

कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

आयल निगम सुधार गफमा सीमित, कार्यदल बन्छन्, प्रतिवेदन थन्किन्छन्
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:१७
  • #आयल निगमको अनियमितता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्