• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

अनियमितताले गाँज्दा टाट पल्टिने अवस्थामा आयल निगम

ईश्वर बराल/सुरेन्द्र बजगाईं आइतबार, माघ ८, २०७९  १९:५३
1140x725

काठमाडौं- नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगममा एकपछि अर्को अनियमितताका शृंखलाहरु देखा पर्ने विषय नौलो होइन। कर्मचारीदेखि नेतृत्वसम्मका कारण बेला-बेला निगम विवादमा आउने गर्छ।

जग्गा खरिद प्रकरणदेखि विभिन्न अनियमिततामा जोडिँदै आएका निगमका कार्यकारी निर्देशकहरु निर्विवाद भएर घर फर्किएको कमै देखिन्छ।

यस्तै ‘विवाद र अनियमितता’मा जोडिएर पछिल्लो समय अर्का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बिदा भए। एक वर्षअघि २०७८ पुस २२ गते निगमको कार्यकारी निर्देशकबाट बिदा भएका पौडेलले ‘अल्सर’ बनेको आयल निगमलाई सुधार गरेर लयमा फर्काउनुको साटो अर्को अनियमितताको शृंखला थप्दै ‘क्यान्सर’ बनाउनेतर्फ लगेको केही उदाहरण नेपाल लाइभले प्राप्त गरेको छ।

कुनै विशेष योग्यता, क्षतमाभन्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकै कारण निगम सुधारको खास भिजन बिनै पौडेलले निगमको कार्यकारी प्रमुखको ‘बकस’ पाएका थिए। आफ्नो कार्यकालभरि सत्ताको पूर्ण समर्थन पाएका शक्तिशाली कार्यकारी निर्देशक पौडलका अनियमितताविरुद्ध निगम समेत बोल्न सक्ने अवस्था थिएन। अवकाशमा गएसँगै पौडेलको कार्यकालमा भएका केही अनियमितताहरु भने नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।

२०७७ वैशाखमा निगमले आफ्नो सेवा प्रणालीलाई प्रविधिमा लैजाने महत्वाकांक्षाका साथ एउटा ठेक्का आह्वान गरेको थियो। २०७८ वैशाखबाट पेपरलेस बनाएर ‘इआरपी सप्लिमेन्ट सिस्टम’ लैजाने योजनाका साथ ठेक्का आह्वान गरिएको थियो।

डिलरसँग डिमाण्ड र भुक्तानी डिजिटल सिस्टममार्फत गर्ने यो प्रयोग विश्व बजारमा ७० प्रतिशतभन्दा बढी मानिन्छ। निगम तथ्यांक विभागपछि कम्प्युटर प्रणालीमा काम गर्ने दोस्रो र अर्बौं कारोबार गर्ने संस्था भएको भन्दै सबै प्रणालीको सही समयमा सही सूचना प्रवाह गर्नका लागि इआरपी प्रक्रियामा गइएको त्यतिबेला पौडेलले बताएका थिए।

निकै महत्वाकांक्षाका साथ ल्याइएको उक्त प्रोजेक्टमा व्यापक अनियमितताको भएको पाइएको छ।

यो सफ्टवेयर ठेक्का प्रक्रियाबाटै अनियमितता सुरु भएको थियो। सेटिङमा एमएस निओट्रिक निओसफ्टवेयर जेभीले २८ करोडमा उक्त ठेक्का हात पारेको थियो। रोचक त के भने, २८ करोडमा ठेक्का लगाइएको उक्त सिस्टममा व्यवस्थापन लगायतका कामहरुको खर्च भन्दै करिब ५० करोडसम्म देखाइएको निगम उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘इआरपी जडानमा व्यापक अनियमितता भएको हुनसक्ने र सबै हिसाबकिताब पारदर्शी हुनुपर्ने भन्दै निगम बोर्ड मिटिङमा कुरा पनि उठेको थियो। पछि यो विषय त्यसै सामसुम भयो। अहिले त पौडेल सर नै बिदा भएपछि त्यसै सेलायो,’ निगम स्रोतले भन्यो।

यो विषयमा जिज्ञासा राख्दा निगमका प्रवक्ता बिनितमणि उपाध्याय भने जवाफविहीन हुन्छन्। ‘यो सिस्टम जडानको खर्च विवरण मसँग छैन,’ प्रवक्ता उपाध्यायले भने। निगम स्रोतका अनुसार यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको थियो। तर अहिलेसम्म अख्तियारबाट कुनै एक्सन भने भएको छैन। यी बाहेक अन्य सामान खरिदमा समेत अनियमितता भएको आशंका गरिएको छ।

सामान खरिद र ठेक्का-पट्टामा मात्रै होइन, कर्मचारीको सरुवामा समेत नेतृत्वलाई प्रभावमा पारेर आफू निकटलाई आकर्षक ठाउँको तालाचाबी सुम्पिने गरेको पाइन्छ। कार्यकारी निर्देशक र स्वार्थ समूहको योजनालाई सफल बनाउनलाई आफू अनुकुलका कर्मचारी फेरबदल गरिने गरेको निगमकै कर्मचारी स्वयम स्वीकार्छन्। 

तत्कालीन निर्देशक पौडेलले करिब ४५ अर्बको बजेट ल्याएका थिए। जबकी, निगमको खातामा सञ्चित रकम लगभग १६ अर्ब मात्र रहेको थियो। तत्कालीन समयमा उक्त घाटा बजेटको कर्मचारी संगठनहरुले विरोध पनि गरेका थिए। तर शक्तिशाली पौडेलका अघि कर्मचारीको विरोध पानीको फोका बनेको थियो।

Xtrem

Xtrem

घोटाला प्रकरणबारे प्रश्न गर्दा प्रवक्ता उपाध्याय भने कुनै घोटाला नभएको दावी गर्छन्। ‘सरकारले भने अनुसारै सम्पूर्ण नियम पालना गरेर ऐन अनुसार निगमले खरिद गर्ने गरेको छ। त्यसका अलवा, महालेखा परीक्षकबाट लेखा परीक्षण हुने भएकोले घोटालाको आरोपमा सत्यता छैन,’ प्रवक्ता उपाध्यायले भने।

तर, उपाध्यायले भनेजस्तो लेखा परीक्षण गर्दा निगम स्वच्छ भने देखिएको छैन। अघिल्लो वर्षको महालेखाको प्रतिवेदनले क्षयीकरण व्यवस्थापन गर्न निगमलाई सुझाव दिएको थियो। 

‘निगमले वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा असामीहरूको क्षयीकरण सम्भावित क्रेडिट नोक्सान मोडेलमा गरिने उल्लेख गरे तापनि आधार बेगर ३ करोड ८५ लाख क्षयीकरण व्यवस्थापन लेखाङ्कन गरेको छ। लेखासम्बन्धी टिप्पणीमा उल्लेख भएबमोजिम क्षयीकरण व्यवस्थापन गर्नुपर्छ,’ महालेखाको ५९औँ प्रतिवेदनमा उल्लेख छ। 

यस्तै, व्यवसायीलाई रहँदै आएको करको भार पनि निगम सञ्चालकको मिलोमेतोले निगमलाई नै व्ययभार थपिने गरी निगम सञ्चालकले निर्णय गरेको छ। पेट्रोलियम व्यवसायी तथा सेवाग्राहीले नवीकरण, नामसारी, ठाँउसारी आदि अन्तर्गतका शुल्क, दस्तुरमा तिर्नुपर्ने भ्याट रकम र इआरपी प्रयोगकर्ताले तिर्नुपर्ने सेवा शुल्कको रकम समेत निगमले तिर्ने गरी निर्णय गरेकाले निगमलाई व्ययभार थप भएको छ। 

राज्यको मुख्य आय स्रोत भ्याट छुट दिएर वा निगमले बेहोरेर व्यवसायीहरुलाई उन्मुक्ति दिइएको छ। यसले व्यवसायी खुसी र राज्यले अक्तिरिक्त करको भार बहन गर्नु पर्ने भएको छ। अघिल्लो निर्देशक हुँदा भएको निर्णय भन्दै यसमा जवाफ दिन निगम कर्मचारी पन्छिने गरेका छन्।  

त्यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गतको रकममा स्वेच्छाचारिता छर्लंगै देखिएको छ। मनाङ मर्स्याङ्दी फुटबल क्लब, चार्टर्ड एकाउन्टेन्ड संघ र मिडियाको नाममा रकमको दुरुपयोग हुने गरेको छ। अनियमितताको चाङ देखिए पनि प्रवक्ता उपाध्याय भने निगमको बचाउ गर्न छाड्दैनन्। 

‘कसैले अनियमितता गरे भन्दैमा सिंगो निगमले नै भ्रष्टाचार गर्‍यो भन्न मिल्दैन,’ उपाध्यायले भने, ‘जग्गा खरिदका विषयमा अख्तियारले छानबिन समेत गरेर त्यसको टुंगो समेत लागिसकेको छ।’

पौडेलपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यकारी निर्देशकमा इन्जिनियर उमेशप्रसाद थानीलाई कार्यकारी निर्देशक बनायो। पौडलेको उक्त अनियमितताको शृंखलामा थानीले समेत क्रमभंगता गर्न चाहेनन्। त्यही अनियमितताको अर्को रुप थानीले कार्यभार सम्हाल्नेबित्तिकै सुरु गरे।

थानीले निगमको नेतृत्व सम्हाल्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गरेको थियो। जसको प्रत्यक्ष असर नेपालीले पनि भोगिरहेका थिए। त्यस्तो समयमा थानी नेतृत्वको निगमले गत असार १२ मा गोरखापत्रमा बोलपत्र करौडौँका गाडी खरिद गरेका थिए।

निगम स्रोतका अनुसार तीन वटा गाडी खरिदका लागि भन्दै निगमले ६० लाख रुपैयाँ दरले १ करोड ८० लाख रुपैयाँ छुट्याएको थियो। निगम उच्च स्रोतले नेपाल लाइभसँग भन्यो,  ‘छुट्याइएको १ करोड ८० लाख रुपैयाँ थियो। पछि यसको दरमा केही फेरबदल पनि भएको हुन सक्छ।’

सोही समयमा आयल निगमले सरकारसँग ७ अर्ब र आफ्नो जग्गा धितो राखेर भारतीय आयल निगमको बक्यौता तीर्न बैंकबाट ऋण लिएको थियो। एकातिर ऋणको थुप्रो अर्कोतर्फ फजुल खर्चका लागि बजेट निकासा गर्दा निगम झनै धरासायी बन्ने अवस्थामा पुगेको छ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १९:५३
  • #आयल निगमको अनियमितता
  • #नेपाल_आयल_निगम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्