काठमाडौं– अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डका मुख्य अभियुक्त मानिएका एक व्यक्तिले आफैंलाई गोली प्रहार गरेका छन्।
बन्दुकधारी हु चन त्रान जसलाई सुरक्षाकर्मीले चौतर्फी रुपमा घेरेपछि आफैंलाई गोली प्रहार गरेका हुन्। सेतो भ्यानमा रहेका ७२ वर्षीय त्रानलाई प्रहरीले चारैतिरबाट घेरेको थियो।
यो घटनामा उनीबाहेक अरु कुनै व्यक्ति संधिग्द नभएको प्रहरीले जनाएको छ। अहिलेसम्म के कारणले गोली प्रहार गरिएको हो भन्ने पत्ता लगाउन सकिएको छैन।
आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा १० जनाको मृत्यु भएको थियो। उक्त घटना लस एन्जलसभन्दा करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा भएको थियो।
जहाँ चिनियाँ नयाँ वर्षको समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा हजारौं मानिस भेला भएका थिए। घटनालगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाको सत्य तथ्य जाँच गर्न निर्देशन दिएका छन्। उनले आफूहरुको पूर्ण सहयोग हुने भन्द्रै घटनाको जाँचका लागि फेडरेशन सर्पोट दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।