काठमाडौं– पाकिस्तानमा सोमबार बिहानदेखि देशभर बिजुली बत्ती ठप्प भएको छ। बीबीसीका अनुसार बिहान ७:३४ देखि यस्तो समस्या आएको हो।
उर्जा मन्त्रालयको सुरुवाती रिर्पोट अनुसार नेशनल ग्रिडको सिस्टम फ्रिक्वेन्सी कम भएका कारण बिजुली आपूर्तिमा व्यापक खराबी आएको हो।
इस्लामाबाद इलेक्ट्रिक सप्लाई कम्पनी इस्कोका अनुसार ११७ ग्रिड स्टेशनोको बिजुली आपूर्ति रोकिएको छ। विद्युत् कम्पनीले सामाजिक सञ्जाल ट्विटमार्फत् जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।