काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई बैठकका लागि बोलाएका छन्। बैठक अहिले केही बेरमा देउवा निवास धुम्बाराहीमा सुरु हुने बताइएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन्।
आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो। उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।