काठमाडौं– बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका छन्।
देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए।
हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ। राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।