काठमाडौं– अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औं जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गरेका छन्।
सानो पारिवारिक जमघटकाबीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन्।
गत शुक्रबार उनले विवाह गरेका हुन्। शनिबारसम्ममा ५३ हजारले उनको ‘स्टेटस’ लाई मनपराएर ‘लाइक’ र ‘लभ’ संकेत प्राप्त भएको थियो भने धेरैले नवदम्पतिको तस्बिर ‘पोष्ट’ गरेका थिए। प्रेमी–प्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उनले उल्लेख गरेका छन्।
अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गरेका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राखेका थिए।
चन्द्रमामा मानव पुर्याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उनीहरूले पूरा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।