काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित भएकी छिन्। शनिबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन्। सो प्रस्तावमाथि छलफल र निर्वाचन भएपछि राना निर्वाचित भएकी हुन्।
रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको थियो। उनको विपक्षमा ९७ मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६४ रहेको थियो।
उम्मेदवारी दर्ताको पहिलो क्रममै रहेकी राना निर्वाचित भएपछि अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गर्नुपरेको थिएन।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले राना उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।