• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपसभामुख निर्वाचन

उसभामुखकी उम्मेदवार इन्दिरा: पारिजातको प्रेरणाले सेवा,  इखले राजनीति 

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  १६:५३
1140x725

काठमाडौं– सत्ता साझेदार दलहरूको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुखको उम्मेदवार बनेकी छिन्। प्रस्ट बहुमत रहेको सत्ता पक्षले चाहेकै सांसदलाई उपसभामुख निर्वाचित गर्ने लगभग पक्का छ।  

उपसभामुखको इन्दिराको नाम अनपेक्षित रुपमा आएको हो। पूर्व सभामुखलाई नै पराजित गरेकी कानुनका विषयमा ज्ञान राख्ने सोविता गौतम यो पदकी हकदार ठानिएको थियो। तर रास्वपाले लैंगिक मात्रै होइन, जातीय दृष्टिले समेत समावेशी देखाउन राजकीय पदमा जनजाति महिलालाई समेट्दा उनको नाम आइपुगेको हो।

उपसभामुखमा ‘इन्दिरा’ अनपेक्षित भए पनि आमजनमाझ ‘गुम’ नाम होइन। बिगत ३३ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय उनको आफ्नो छुट्टै पहिचान छ। सामाजिक कर्ममा समेत राजनीतिको खराब संस्कृतिबाट अवरोध खेपेकी उनी इखले यहाँ आइपुगेकी हुन्। 

उनले जेलमा रहेका कैदीबन्दीको न्यूनतम मानवाधिकारका विषयमा, त्यहाँका निर्दोष बालबालिकाका विषयमा, आम बालबालिकाको स्वास्थ्य र शिक्षाका विषयमा निरन्तर काम गरिरहिन्। आवाज उठाइरहिन्। कहिले  उनको आवाज सुनियो त कहिले अवरोध गर्ने कोसिस भयो। जस्तो अवस्थामा पनि उनले डटेर काम गरिन्। समाजसेवा गर्ने क्रममा राजनीतिक रुपमा आउने अनावश्यक अवरोध कहीँकतै गढेको थियो, राजनीतिमा लाग्ने अवसर आउँदा त्यही इखले उत्प्रेरित गरेको उनी बताउँछिन्। 

इखले राजनीति
बन्दी सहायता नेपाल भनेर उनले लामो समयदेखि गैरसरकारी संस्था चलाइरहेकी छिन्। विशेषगरी कैदीबन्दीका निर्दोष सन्तानको लालनपालन, स्वास्थ्य र शिक्षा उक्त संस्थाको सरोकारको विषय हो। 

तर, इन्दिराको सहयोगी मन यतिमै केन्द्रित हुन मान्दैन। मानवीय सहयोग चाहिएको बेला अग्रसर भइहाल्छिन्। कोरोना महामारीका बेला खान नपाएकाहरुलाई खुवाउने प्रणसहित सक्रिय भइन्। पहिलो दिन २० जनालाई खाना खुवाएर सुरु गरेकी थिइन्, तर महिना दिन पुग्दा दैनिक ७०० जनालाई खुवानुपर्ने अवस्था आइपुर्‍यो। 

कोरोनाका कारण खान नपाएका अशक्त र सडक बालबालिकाहरुलाई खाना खुवाउने लक्ष्यसहित उनले उक्त काम सुरु गरेकी थिइन्। सुरुमा ठमेलको सञ्चय कोष क्षेत्रमा खाना खुवाउँदा स्थानीय तहका ‘नेताहरु’बाट उनले अवरोध खेपिन्। भीडभाड र फोहोर गरिएएको बहानामा उनीमाथि दुर्व्यहार समेत भयो। स्थानीयको गुनासोलाई लिएर राजनीतिक रुपमै अवरोध हुन थालेपछि उनले ठाउँ सारिन्, तर सेवा गर्न छाडिनन्। सेवा गर्न अघि बढ्दा अवरोध खेपेको पहिलोपटक थिएन। कहीँ प्रतिकार गरिन् र कहीँ पछि हटिन्, तर डट्न छाडिनन्। 

राजनीतिमा भएकाहरुको गलत कर्म मनभित्र गढेको थियो। केही महिना अगाडि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उनीकहाँ सांसद् बन्ने प्रस्ताव लिएर पुगे। भर्खरै खुलेको उक्त पार्टीका लागि सेवामा सक्रिय व्यक्तित्व खोजी गर्ने क्रममा इन्दिराको नाम लामिछानेको आँखामा परेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

लामिछानेको सुरुवाती प्रस्तावमा उनलाई सकारात्मक लाग्यो, तर मनमा एउटा प्रश्न खेल्न थाल्यो-  म यतिका बालबालिकाको अभिभावक भएर काम गरिरहेकी छु। म त्यता लाग्दा यिनीहरुको बिचल्ली हुने त होइन?

फेरि उनले सोचिन्,  ‘यिनीहरुकै भविष्यका लागि राजनीतिमा लाग्छु। जेलमा हुर्किरहेका बालबालिकाले पोषणबापत जम्मा ३० रुपैयाँ पाउँछन्। राज्यलाई उचित प्रबन्ध गर्न भनेको ३३ वर्ष बित्यो, तर भएन। नसुनिएको आवाज सुनाउन जान्छु। नबनेको कानुन बनाउन त्यता लाग्छु।’

राजनीतिमा लाग्ने प्रस्ताव आएको रात इन्‍दिराका आँखामा जेलमा रहेका अवोध बालबालिकाहरु नाँचे। एम्बुलेन्स नपाएर छटपटिरहेकी गर्भवतीको तस्बिर आयो। उपचार नपाइ मरेका बालबालिकाहरु आए। उनले ठानिन्, ‘धेरै गर्नुपर्नेछ। म पनि त्यता पुगेँ भने केही त हुन्छ।’ 

उनी भन्छिन्,  ‘सामाजिक न्यायसम्बन्धी कुरा उठाउन म राजनीतिमा आएको हो।’ उपसभामुखको उम्मेदवार बन्नुअघि त्यो पदको जिम्मेवारीबारे अध्ययन गरिन्। बुझिन्। उनले थाहा पाइन्, ‘सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नु मात्रै होइन,  संवैधानिक निकायमा हुने नियुक्तिमा पनि निर्णायक भूमिका हुन्छ। राज्य चलाउने ती संवैधानिक निकायमा सही व्यक्ति पठाउने कुरामा आवाज उठाउन पनि त्यहाँ जानुपर्छ। कानुन बनाउने कुरामा पनि परामर्श दिन सकिन्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पारिजातको प्रेरणाले सेवा
झापामा जन्मिएकी इन्दिराले सानै उमेरदेखि पढ्न पाइनन्। पढ्ने रहरले घरमै धुलोमाटो खेलाउँदा नै उनी अक्षर मात्रै होइन, वाक्य बनाउन जान्ने भइन्। त्यसैले एकैपल्ट कक्षा ५ मा भर्ना भएकी उनी स्कुलस्तरमा सधैं अब्बल विद्यार्थीमा परिन्। 

काठमाडौंमा उनी कमाउँदै उच्‍च शिक्षा हासिल गर्ने क्रममा आइपुगिन्। यही क्रममा भेट भयो साहित्यकार तथा समाजसेवी पारिजातसँग। पारिजात त्यो समय मानव अधिकारका क्षेत्रमा सक्रिय संस्था ह्युरनकी उपाध्यक्ष  थिइन्।

२०४५/०४६ सालको समयमा त्यहाँ राजबन्दी पनि थिए। बेलावखत जेल पुगेर बन्दीहरूको अवस्था बुझ्ने, उनीहरूको हक, अधिकारका पक्षमा बोल्ने काम उक्त संस्थाले गर्थ्यो। पारिजातसँग जोडिएपछि उनी पनि जेलसम्म पुगिन्। जसलाई इन्दिरा ‘टर्निङ प्वाइन्ट’ मान्छिन्। 

जेलमा पुगेपछि कैदी बन्दीको सन्तानहरुको अवस्थालाई नजिकबाट देखिन्। त्यसपछि आफूलाई उनीहरुको अभिभावक बनाउने निर्णय लिइन्। ३ वर्षसम्म पारिजातको संगत गरेपछि उनी आफैंले बन्दी सहायता नेपाल नामक गैर–सरकारी संस्था खोलेर अगुवाइ गर्न थालिन्। 

संस्थामार्फत् अहिले साँखुमा ८४ जना बालबालिकालाई सुरक्षित आवास दिइएको छ भने आफैंले सञ्चालन गरेको स्कुलमा १२० जनालाई पढाउने गरिएको छ। यसैगरी झापाको खुदुनाबारीमा बालगृहका साथै प्राथमिक स्कुल सञ्चालन, पाल्पाको मदनपोखरामा पाराडाइज होम एन्ड युवा तालिम केन्द्र सञ्चालनमा छ। 

उक्त संस्थाले ग्रामिण भेगका पिछडिएको वर्गका बालबालिकालाई शिक्षाको व्यवस्था, बन्दीका बालबालिकाको शिक्षादीक्षाका साथै भेटघाट र सम्पर्क गराउने, ५ वर्ष मुनिकाका लागि जेल परिसरमै डे केयर सेन्टर, जेलमा सजाय भुक्तान गरेका महिला तथा युवालाई समाजमा पुन:स्थापित गराउने कार्यक्रम र केन्द्रीय कारागारभित्रका महिलाहरुलाई शिक्षा र सीप जस्ता काम गरिरहेको छ। 

सेवाबापत् उनले अन्तर्राष्ट्रिय पुरस्‍कारहरु समेत हासिल गरेकी छिन्। अशोका फेलो २००५,  एसिया योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९,  वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड २०१४,  बीबीसी उत्कृष्ट १०० महिला २०१७ र द वन रोटरियन ह्युम्यानेटिरियन सर्विस अवार्ड २०२० प्राप्त गरेकी छिन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:५३
  • #उपसभामुख

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्