काठमाडौं– शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
संसद् सचिवालयका अनुसार सभामुखका लागि दुई जनाको उम्मेदवारी फरेको छ। शुक्रबार दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ। रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन्।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यसअघि नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।
यो पनि पढ्नुहोस्
कांग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ता यादव को हुन्?
उसभामुखकी उम्मेदवार इन्दिरा: पारिजातको प्रेरणाले सेवा, इखले राजनीति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।