• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हार्ने निश्चित हुँदाहुँदै सभामुखमा कांग्रेसको उम्मेदवारी किन?

64x64
नवीन झा बिहीबार, माघ ५, २०७९  २०:३६
1140x725

काठमाडौं- बिहीबार प्रतिनिधि सभाको सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १६७ मत पर्‍यो। विपक्षमा १०० मत पर्‍यो। तटस्थमा १ मत पर्‍यो। सभामुख निर्वाचनका लागि दलहरुबीच भएको गठबन्धनको प्रकृति हेर्दा घिमिरेको जित निश्चित जस्तै थियो। त्यसैले बुधबार उम्मेदवारी दर्ता गर्दा नै उनमा आत्मविश्वास देखिन्थ्यो।

उम्मेदवारको क्रममा पहिलो नम्बरमा रहेका घिमिरे नै निर्वाचित भएपछि नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेका लागि मतदान भएन। तर, घिमिरेको विपक्षमा खसेको मतबाटै उनले पाउने मतको आकलन गर्न सकिन्छ। हार्ने निश्चित भएको उम्मेदवारमा कांग्रेसले कसैलाई अघि सार्छ वा सार्दैन भन्नेमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्मै अन्यौल थियो। अन्तिमतिर, न्यौपानेको उम्मेदवारी दर्ता भएको थियो।

२०७४ को निर्वाचनपछि प्रतिनिधि सभामा एमाले र माओवादी केन्द्रको प्रष्ट बहुमत देखिँदा कांग्रेसले सभामुख सर्वसम्मत हुनुपर्छ भनेर उम्मेदवारी दिएको थिएन। तर यसपटक भने ऊ पनि प्रतिस्पर्धाका लागि अघि सर्‍यो। हार निश्चित हुँदाहुँदै सभामुखमा कांग्रेसको प्रतिस्पर्धा किन त? कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘हामी सरकारमा नभए पनि यो प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस छ भन्ने कुरा बिर्सिनुहुँदैन।’

प्रतिनिधि सभाका सबैभन्दा ठूलो दलको हैसियत कांग्रेससँगै भएकाले आफूहरुले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा दाबी गर्दा कुनै गलत नगरेको बताउछन्, शर्मा।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस नेतृत्वकै गठबन्धबाट प्रधानमन्त्री हुन नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री बनेका थिए। पुस १० मा उनले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाइ राष्ट्रपति र सभामुख दिने सहमति भएको बताइएको छ। तर प्रधानमन्त्रीले पुस २६ मा विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएकाले प्रचण्डले पुनः कांग्रेसलाई आफ्नै वृत्तभित्र राख्न चाहेका छन्। राष्ट्रपति कांग्रेसलाई दिन सके शक्ति सन्तुलन मिल्ने उनको सोच देखिन्छ। जसप्रति एमाले भने सशंकित भएको छ।

विश्वासको मत माग्न पुस २५ गते साँझ प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाकै निवास पुगेका थिए। त्यहीँ भएको छलफलपछि नै कांग्रेसले २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। धेरैले यसलाई सभामुख र राष्ट्रपतिमा कांग्रेसले ‘खेल्न’ चाहेको आकलन गरेका थिए। विस्तारै कांग्रेस नेताहरुले नै प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिमध्ये एक पद कांग्रेसलाई दिलाउने वाचा गरेको सार्वजनिक गर्न थालेका छन्। जुन कुरा बिहीबार संसद् भवनमा कांग्रेस महामन्त्री शर्माले पनि बताए। शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गर्दा केही न केही आधार नभइकन नदिएको बताए। यद्यपि, सभामुख निर्वाचनमा कांग्रेसले कुनै प्रत्यक्ष लाभ पाएन। माओवादी केन्द्रको साथ पनि पाएन।

Devraj-Ghimire-and-Ishwari-Nyaupane1674046776.jpg

Ncell 2
Ncell 2

कांग्रेसका नेताहरुले अब आफूहरु राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको जिकिर गरेका छन्। सभामुखको उम्मेदवारी दिँदा न्यौपानेको प्रस्तावक समेत बसेका महामन्त्री शर्माले शीतल निवासमा कांग्रेसले सिफारिस गरेको व्यक्ति जाने दाबी गरेका छन्। शर्माले हालका राष्ट्रपतिको कार्यकालबाट सबै परिचित भएको भन्दै शीतल निवासमा कांग्रेसको विकल्प नभएको पनि बताए।

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले अब आफ्नो पार्टीको सम्पूर्ण ध्यान राष्ट्रपतिमा कसरी आफ्नो उम्मेदवार जिताउने भन्नेमा केन्द्रित हुने बताए। पौडेल भन्छन्, ‘हामी सभामुख जस्तै राष्ट्रपतिमा पनि आफ्नो पार्टीको उम्मेदवारी दिन्छौँ र त्यसलाई जिताउनेतर्फ अब सम्पूर्ण शक्ति लगाउँछौ।’

कांग्रेस महामन्त्री शर्मा र नेता पौडेल दुवैले कांग्रेसको नजर अब शीतल निवासतिर रहेको बताएका छन्। जानकारहरुका अनुसार, नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनकै लागि अहिलेदेखि ध्रुवीकरण होस् भन्ने उद्देश्यले सभामुखमा हार्ने निश्चित भए पनि उम्मेदवारी दिएको बताउछन्। बिहीबार सभामुखको निर्वाचनमा कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ पाएको छ। हुन त कांग्रेसले सभामुखमा उम्मेदवारी दिनुअघि जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि आफ्नो पक्षमा उभ्याउने गरी संवाद गरेको थिए। तर ती पार्टीले तत्काल सघाउन नसके पनि राष्ट्रपति निर्वाचनमा सोच्न सकिने बताएका छन्।

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँग समेत संवाद गरेको थियो। बुधबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग फोनमा संवाद गरेका थिए भने बिहीबार बिहान कांग्रेस नेता रामचन्द्र पौडेललाई बालुवाटार नै पुगेका थिए।

गत मंगलबार पनि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक गरेर सभामुख र राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्दै अघि बढ्ने प्रस्ताव गरेका थिए। जसप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति राख्दै बैठकबाटै बाहिरिएका थिए। जानकारहरुका अनुसार, एमालेबाट राष्ट्रपति बनाउन नहुनेमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसबीच समझदारी भइसकेको छ। तर त्यसको सफल कार्यान्वयन कसरी हुन्छ भन्नेचाहिँ प्रष्ट छैन। किनकि, त्यसो हुनासाथ प्रचण्डको कुर्सीमा धेरथोर धक्का लाग्नेछ।
 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात... मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो । मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्