• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

अनुभवहीनहरूको साथबाट उपलब्धि निकाल्ने चुनौतीमा प्रचण्ड

64x64
किशोर दहाल मंगलबार, माघ ३, २०७९  २०:३४
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुस ११ गते गठित ८ सदस्यीय मन्त्रिपरिषद्‌मा मंगलबार विस्तार गर्दै २३ सदस्यीय बनाएका छन्। मन्त्रिपरिषद्‌मा एमालेका ८, माओवादी केन्द्रका प्रधानमन्त्री प्रचण्डसहित ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, राप्रपाका ४ र जनमत पार्टीका १ जना सदस्य छन्। 

मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको भने छैन। प्रधानमन्त्री स्वयंले दुई मन्त्रालय- वन तथा वातावरण र युवा तथा खेलकुदको जिम्मेवारी लिएका छन्। संविधानतः बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिन्छ। प्रधानमन्त्रीले सम्हालिरहेको दुई मन्त्रालय जनता समाजवादी पार्टीका निम्ति छुट्याइएको हो। भागबण्डामा असन्तुष्ट उसले ती मन्त्रालय नलिए अन्य दलले लिनेछन्।

मंगलबारसम्म गठन भएको २३ सदस्यीय मन्त्रिपरिषद्‌मा १५ मन्त्री नयाँ छन्। दुई उपप्रधानमन्त्री र १० मन्त्री नयाँ छन्। थप दुई मन्त्रीहरु दामोदर भण्डारी र भगवती चौधरी यसअघि राज्यमन्त्री मात्रै भएका थिए। यसरी हेर्दा प्रचण्डले अनुभवहीनहरुलाई साथ लिएर सत्तायात्रा गर्दैछन्।

अनुभवहीनहरुसँगको यात्रा अवसर र चुनौती दुवै हो। लामो राजनीतिक यात्रा सोच्ने कतिपय मन्त्रीहरुले आफ्नो पदलाई आफैंलाई अब्बल साबित गर्ने अवसरको रुपमा उपयोग गर्न सक्छन्। मेहनतपूर्वक काम गर्दा र आफूले सम्हालेको मन्त्रालयको क्षेत्राधिकारभित्रका सवालमा दीर्घकालीन हित अनुसार नीति बनाउन सक्ने हो भने त्यसले सार्वजनिक छवि उच्च हुने र यस्ता पदहरु जुनसुकै बखत प्राप्त हुनसक्छन् भन्ने बुझ्नेका निम्ति मन्त्री पद अवसर हो। जसको जस अन्ततः प्रधानमन्त्रीका रुपमा प्रचण्डले पनि पाउने छन्। २०६७ मा प्रधानमन्त्री झलनाथ खनालका ऊर्जा मन्त्री गोकर्ण विष्ट, २०७० मा प्रधानमन्त्री सुशील कोइरालाका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित वा २०७३ मा प्रधानमन्त्री प्रचण्डकै स्वास्थ्य मन्त्री गगन थापाले पहिलो अवसर सदुपयोग गर्दा पुनः मन्त्रीमा माग हुने छवि निर्माण गरेका थिए। त्यसको धेरथोर लाभ सम्बन्धित प्रधानमन्त्रीहरुले पनि लिएका थिए।

ठीक विपरीत, पहिलो अवसर खेर फाल्नेहरुको सूची भने लामै बन्छ। कार्य असफलता मात्रै होइन, विवादित भएर बहिर्गमन भएकाहरुको पनि कमी छैन। मन्त्रिपरिषद्‌का नयाँ अनुहारहरुले यही शैली अपनाए भने प्रधानमन्त्रीको रुपमा प्रचण्डको कार्यक्षमतामाथि पनि प्रश्न उठ्छ। उनको अठोटको पनि अर्थ खुम्चिन्छ।

nimb
nimb

किनकि यसपटक प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमै केही प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो पहिलो कार्यकालमा 'सिक्दासिक्दै, भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै एउटा अप्रिय अवस्थामा' राजीनामा दिनुपरेको बताएका छन्। दोस्रो कार्यकाल 'सफल कार्यकालका रूपमा इतिहासमा दर्ज भएको' उनको ठहर छ। तेस्रो कार्यकालमा  'जनता र राष्ट्रको पक्षमा केही नयाँ काम सुरु गर्ने अठोट' गरेको बताइरहेका छन्। भाषणभन्दा काम बढी गर्ने वाचा गरिरहेका छन्। 'जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्ने गरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु', गत पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत माग्दै उनले भनेका थिए।

उनको पवित्र चाहना त्यतिबेला पूरा हुनेछ, जतिबेला 'टिम प्रचण्ड'ले प्रचण्डकै चाहना अनुसार काम गर्न र नतिजा निकाल्न सक्छ। तर विभिन्न थप जटिलताले त्यसमा प्रशस्तै चुनौती देखिन्छ।

नयाँ अनुहारमध्ये धेरैको राजनीतिक पृष्ठभूमि लामो छैन। मंसिर ४ को निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका र जितेर सांसद भएका उनीहरु राजनीतिक रुपमा खासै परिचित छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा त राजनीतिक सिद्धान्त, विचार, मान्यता र अजेन्डाहरु पनि प्रष्ट छैनन्। त्यसैले उनीहरुले लिने निर्णय र कुनै पनि सन्दर्भमा व्यक्त गर्ने धारणाको पूर्वआकलन गर्न मुस्किल हुन्छ। बरु लोकप्रियतावादी निर्णयमा रमाउने जोखिम हुन्छ। प्रभावकारी र दीर्घकालीन हितका नीति बनाउनुभन्दा लोकप्रियतावादी क्रियाकलापमा रमाउन सक्ने भएकाले उनीहरुलाई आफ्नो अठोट र प्रतिबद्धताको 'राडार'भित्र राख्न सक्नु स्वयं प्रधानमन्त्री प्रचण्डका निम्ति पनि चुनौतीपूर्ण छ।

अर्कोतर्फ, कम्तीमा तीन मन्त्री खुला रुपमै आफ्नो 'स्वार्थको द्वन्द्व' हुने मन्त्रालय पुगेका छन्। गृहमन्त्री रवि लामिछाने आफैंमाथि अनुसन्धान गरिरहेको मन्त्रालयको नेतृत्व गरिरहेका छन्। 'क' वर्गका ठेकेदार विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मेदवारी पाएका छन। त्यस्तै, इजिलिंक रेमिटेन्स कम्पनीका सञ्चालक र सृष्टि ओभरसिस इम्प्लोइमेन्ट सर्भिसेस प्रालिका इन्टरनेसनल मार्केटिङ डिरेक्टर डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्ता व्यक्तिहरुलाई मन्त्रिपरिषद्‌मा ल्याउनु आफैंमा गैरजिम्मेवार काम हो। यस्तो अवस्थामा ती मन्त्रीहरुले नीतिगत निर्णयहरुमा सुनिश्चित गर्ने व्यक्तिगत हितको निगरानी गर्नु प्रधानमन्त्री प्रचण्डका निम्ति चुनौतीपूर्ण छ।

त्यस्तै, विभिन्न उद्देश्य रहेका पार्टीहरु सम्मिलित सरकारको नेतृत्व गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। प्रचण्ड आफैं कट्टर कम्युनिस्ट पार्टीको नेतृत्व गरेर जनयुद्ध हाँकेका नेता हुन्, जसको बलमा नेपालमा गणतन्त्र र धर्मनिरपेक्ष लगायतका विभिन्न उपलब्धि प्राप्त भएको मानिन्छ। जबकि, उनी नेतृत्वकै मन्त्रिपरिषद्‌मा राजसंस्था र हिन्दूराज्य फर्काउने घोषित लक्ष्य बोकेका राप्रपा पनि सामेल छ। यो फरक छ कि, नेपालमा कुनै पनि दलको कुनै पनि दलसँग कुनै  पनि समय सहज सहकार्य र सहयात्रा हुनसक्छ। विगतमा पनि भएकै छ, भविष्यमा पनि हुनेछ।

त्यसको अतिरिक्त एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीको संलग्नतामा मन्त्रिपरिषद् गठन भएको छ। मंगलबार भएको मन्त्रिपरिषद् विस्तारप्रति जसपा असन्तुष्ट छ, त्यसैले उसले सरकारमा जान चाहेको छैन। जनमत पार्टी पनि असन्तुष्ट छ। आफूलाई वाचा गरिए जति मन्त्रालय नदिइएको र मधेस प्रदेशको सरकारको नेतृत्व गर्ने दाबीलाई पछि धकलिएकाले सो पार्टीमा असन्तुष्ट बढेको छ। त्यसैले जनमत पार्टीका तर्फबाट मन्त्री भएका अब्दुल खान फिर्ता बोलाइएमा आश्चर्य हुनेछैन। उसले आफ्नो समर्थन पनि फिर्ता लिइदियो भने प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मतका लागि तीस दिनभित्र फेरि प्रस्ताव राख्नुपर्नेछ।

यी सबै पार्टीका आ-आफ्नै स्वार्थ छन् भन्नेमा दुई मत छैन। नेपालमा गठबन्धनको सरकार गठन हुने बेलातिर निकै आदर्शका गफ हुने तर केही समयमै किचलो उत्पन्न हुने विगतको अनुभव छ। प्रतिनिधि सभामा ३२ सिट रहेको माओवादी केन्द्रले त्यसभन्दा कैयौँ गुणा बढी सिटलाई सधैँ विश्वासमा लिइरहनु असम्भवप्रायः छ। त्यसैले पनि केही समयपछि नै किचलो उत्पन्न हुँदैन भन्न सकिँदैन। त्यस्तो अवस्थामा, प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण समय किचलो व्यवस्थापनका लागि खर्च गर्नुपर्ने हुनसक्छ। यस्तै परिप्रेक्ष्यमा तोकिएको समयावधि वा त्यसभन्दा अघि नै उनले पद गुमाएमा अनौठो हुनेछैन।
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २०:३४
  • #मन्त्रिपरिषद् विस्तार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्