काठमाडौँ । निर्विाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।
आयोगको माघ १० गतेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन् ।
उनीहरूलाई फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता प्रभावकारी कार्यान्वयन गरे/नगरेको अनुगमन तथा कारबाहीसहितको अधिकार दिइएको आयोगले जनाएको छ ।
यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्लङ्घन भए/नभएको अनुगमन र कारबाहीको अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।