काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सल्लाही जाने भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार थापा बिहान १० बजेको फ्लाइटमा त्यहाँ जान लागेका हुन् । उनले मतदातालाई सम्बोधन गर्नेछन् । सभापति भइसकेपछि अब कांग्रेसको कार्यदिशा कस्तो हुनेछ भन्ने विषयमा पनि थापाले जानकारी गराउनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।