• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा र एकीकृत समाजवादीबीच एकीकरणका लागि औपचारिक छलफल सुरु

64x64
नवीन झा सोमबार, माघ २, २०७९  ०७:००
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच एकीकरणका लागि औपचारिक छलफल प्रारम्भ भएको छ। मंसिर ४ को निर्वाचनपछि नै दुई पार्टीका नेताहरुबीच एकीकरणका लागि अनौपचारिक छलफल चलिरहेको भए पनि पछिल्लो समय औपचारिक छलफल पनि भइरहेको हो।

केही दिनअघि दुवै पार्टीले एकीकरणको संवाद अघि बढाउन वार्ता समितिहरु गठन गरेका थिए। एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएका थिए। यी दुवै वार्ता समितिबीच पहिलो पटक गत शुक्रबार सिंहदरवारमा चार घण्टा लामो छलफल भएको थियो। छलफल अहिले प्रारम्भिक स्तरमै रहेको र एकीकरणको सम्भावना पहिल्याउने काम भएको दुवै पार्टीले जनाएका छन्।

निर्वाचनमा जसपाले १२ सिट जितेको छ। अर्कोतिर, एकीकृत समाजवादीले १० सिट ल्याएको छ। तर ऊ राष्ट्रिय पार्टी बन्न सकेको छैन। प्रदेश सभातर्फ मधेश प्रदेशमा दुवै पार्टीको अपेक्षाकृत राम्रो नतिजा आएको देखिन्छ। जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार नै गठन भएको छ।

जसपा र एकीकृत समाजवादी गठन र सञ्चालन प्रक्रियामा फरक पृष्ठभूमि छन्। २०६३ को मधेस आन्दोलनबाट राजनीतिमा स्थापित भएको उपेन्द्र यादवले आफू नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमलाई विभिन्न पार्टीसँग एकता गर्दै जाँदा अहिलेको जसपा गठन भएको हो। त्यसैले यो पार्टीको मूल शक्ति मधेस आन्दोलनको जगतबाट सिर्जना भएको हो।

अर्कोतिर, एकीकृत समाजवादी डेढ वर्षअघि एमाले विभाजनबाट गठन भएको हो। यद्यपि, यो पार्टीमा एमालेको नेतृत्व गरिसकेका माधव नेपाल र झलनाथ खनाल समेत छन्। त्यसैले एमालेकै जस्तो सांगठनिक संरचना र उद्देश्यहरु यो पार्टीमा पनि देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अशोक राई र राजेन्द्र श्रेष्ठ सहितका तत्कालीन एमाले नेताहरु अहिले जसपामा छन्। उनीहरु एक दशकअघिसम्म एमालेकै नेता थिए। जसपाले बनाएको वार्ता समितिमा एमाले पृष्ठभूमिकै नेताहरु राजेन्द्र श्रेष्ठको नेतृत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य भएको तीन सदस्यीय वार्ता समिति बनाएको छ। अर्को संयोग कस्तो देखिएको छ भने जसपामा रहेका एमालेका पूर्व नेताहरु तत्कालीन नेतृत्वको रुपमा माधव नेपालसँगै काम गरेकाहरु हुन्। अझ अगाडि बढ्ने हो भने, जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं कुनै बेलाका एमाले नेता हुन् र एमालेबाटै निर्वाचनमा उम्मेदवार समेत बनेका थिए। त्यसैले पनि यो एकीकरण प्रक्रिया रोचक बनेको छ।

एकीकृत समाजवादीका महासचिव तथा वार्ता समितिका संयोजक बेदुराम भुसालले जसपाको वार्ता समितिसँग पहिलो पटक पार्टी एकीकरणको विषयमा छलफल भएको नेपाल लाइभलाई बताए। ‘हामीहरुको बीचमा एकीकरणको सम्भावनाका बारेमा अहिले प्रारम्भिक छलफल भएका हो’, भुसालले भने, ‘अब फेरि बसेर एकीकरण गर्ने बाटो खोज्छौँ।’

जसपा नेता तथा उक्त पार्टीका वार्ता समिति संयोजक श्रेष्ठले एकीकृत समाजवादीसँगको छलफलमा नयाँ पार्टीको सैद्धान्तिक आधारसहित अन्य पक्षहरुमा छलफल सुरु भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले शिर्ष तहमा पनि भइरहेको अनौपचारिक कुराकानीको आधारमा आफूहरुले एउटा पार्टी बनाउँदाको सैद्धान्तिक आधारसहित नेतृत्व र संगठनको मोडलका बारेमा प्रारम्भिक छलफल गरिरहेको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्लो केही समययता जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र 'सम्मानित नेता' झलनाथ खनालका बीचमा छलफल र संवादहरु अघि बढेको देखिन्छ।

जसपा नेता श्रेष्ठले अहिले सरकार निर्माणदेखि सभामुख चयन र राष्ट्रपति निर्वाचनसम्मको घटनाक्रमहरुले आफूहरु प्रभावित हुने भएकाले यी कामहरु सकिएपछि दुई पार्टीको एकीकरणले मुर्त रुप लिने बताए। जसपा र एकीकृत समाजवादी दुवै पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन्, जसपाले त प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन पनि गरेको थियो। जसपाले सरकारमै सहभागी हुने गरी गृहकार्य गरिरहेको छ। तर, एकीकृत समाजवादीले भने तत्काल सरकारमा नजाने प्रष्ट पारिसकेको छ।

यी दुवै पार्टीको एकीकरणले सत्ताको राजनीतिमा तत्काल केही फरक पार्ने देखिँदैन। तर, प्रतिनिधि सभाको शक्ति संरचना भने फरक पर्नेछ। किनकि, एकीकरणपछि यो चौथो ठूलो दल हुनेछ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०७:००
  • #जसपा
  • #एकीकृत_समाजवादी
  • #माधव_कुमार_नेपाल
  • #उपेन्द्र_यादव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्