काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दु:ख व्यक्त गरेका छन्।
माघे संक्रान्ती तथा माघी पर्वको दिन पोखरामा भएको दुर्घटनाले स्तब्ध भएको उनले बताएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले घटनाबारे प्रत्यक्ष खोज र अनुसन्धान गर्दा आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
उनले विमान दुर्घटनाको प्राविधिक तथा गैर प्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।