पोखरा– पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ६४ जनाको शव फेला परेको छ। ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा ६४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख एसपी अजय केसीले बताए।
‘३० वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ एसपी केसीले भने।
३०० सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको एसपी केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।