काठमाडौं– यती एयरलाइन्सले दुर्घटनाग्रस्त विमान सेती खोंचसम्म टावरको सम्पर्कमा आएको जनाएको छ।
दुर्घटनाग्रस्त विमानको जानकारी दिन यती एयरले जारी गरेको विज्ञप्तिमा बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यती एअरलाइन्सको नाइन एन–एएनसी, एटीआर–७२५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ।
विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेको यती एयरलाइन्सले जनाएको छ। जहाँ ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए। ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेन्टिनी, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक दुर्घटनामा परेका छन्।
विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको एयरलाइन्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।