काठमाडौं- कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भइन्।
गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपाको एक मत प्राप्त भएको छ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे। पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरेका हुन्।
सुर्खेतकी गुरुङ एमालेको समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। कर्णाली प्रदेश सभाको सभामुखको सपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।