काठमाडौं- काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान दुर्घटनाबारे आवश्यक छलफल गर्न मन्त्रिपरिषदको बैठक बसेको छ। दुर्घटनाबारे आवश्यक उद्धार, राहत र छानबिनका लागि छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर दुर्घटनाबारे आवश्यक जानकारी लिएका थिए।
साथै उद्धारमा कुनै कमी हुन नदिन समेत निर्देशन दिएका थिए। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको दुर्घटनास्थल विमानमा चालक दलका चारसहित ७२ जना सवार रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।