काठमाडौं– नेकपा माओवादी केन्द्रले आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनाको तत्काल उद्धार गरी घाइतेहरूको उपचारको प्रबन्ध र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।
पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा भएको दुर्घटनाले स्तब्ध बनाएको उल्लेख गरेका छन्।
हवाई दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त समेत व्यक्त गरेका छन्।
साथै दुर्घटनाका घाइतेहरूको तत्काल उद्घार गरी उपचारको व्यवस्था र मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारलमई अनुरोध गरेको छ।
माओवादी केन्द्रले पछिल्लो समय बढिरहेको हवाइ तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।