काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको विमान दुर्घटनाबारे आजै छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको दुर्घटनाबारे छानबिन समिति बनाइ छानबिन गरिने महाप्रबन्धक ठाकुरले बताए।
विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार रहेका थिए।
विमान दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विमानस्थलमा पुगेर आवश्यक जानकारी लिँदै उद्धार कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।