काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भएको विमान दुर्घटनाबारे दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग अनुरोध गरेका छन्।
साथै, उनले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन सरकारलगायत सम्बद्ध पक्षसँग आग्रह गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले घटनामा परी निधन भएका श्रद्धाञ्जलिसमेत दिएका छन्। साथै, शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।
आइतबार विहान १०ः३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो। हालसम्म ३२ जनाको निधन भएको पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।