काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एअरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि दुर्घटनाप्रत दुMख व्यक्त गर्दै प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
दुर्घटनाप्रति प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
यस्तै प्रधानमन्त्री प्रचण्ड दुर्घटनाको विवरण बुझ्न त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्। उक्त विमानमा चालकदलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।