काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त अस्पताल भर्ना भएका छन्।
उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ। दुई दिनअघि मात्रै उनी आफ्नो निर्वाचन क्षेत्रमा पुगेका थिए। पुरानै रोग जण्डिस बल्झिएपछि पुनलाई आज हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको हो।
पुन निर्वाचनपछि पहिलोपट रोल्पाकझ रुन्टीगढी गाउँपालिकामा न्यानो कपडा वितरणका लागि सडक मार्गबाट त्यहाँ पुगेका थिए।
पछिल्लोपटक उनी उपचारका लागि चीन गएका थिए। त्यहाँबाट उपचार गरी उनी पुस ५ गते स्वदेश फर्किएका थिए। वंशाणुगत जन्डिसबाट पीडित पुन फलोअप उपचारका लागि मंसिर १६ गते चीन गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।