काठमाडौं– प्रदेश १ को प्रदेश सभा उपसभामुखमा एमालेकी उम्मेदवार निर्वाचित भएकी छन्। आज भएको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी सिर्जना दनुवार निर्वाचित भएकी हुन्।
निर्वाचन प्रक्रियामा दनुवारले ५७ मत पाएकी छन्। यस्तै उनको विपक्षमा भने ३३ मत परेको प्रदेश सभा सचिवालयले जनाएको छ। निर्वाचनमा ९० जना सांसदहरुले सभागिता जनाएका थिए।
नेकपा माओवादी केन्द्रका संसद नारायण बुर्जा मगर उनको प्रस्तावक थिए भने राप्रपाकी सबिजा बजागाईंले समर्थन गरेकी थिइन्।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।