काठमाडौं– राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आजको राजनीतिक स्थिति बिग्रिनुको मुख्य कारक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले भने,‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ। त्यसको निम्ती मूल कृष्ण बनेर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष।’
उनले आफूलाई धेरै पत्रकारहरुले ‘यस पटकको राजनीतिमा भूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ?’ भनेर सोध्ने गरेकोमा आफूले ‘पात्र त प्रचण्ड नै हो, तर योजना बनाउन र कार्यान्वयन बनाउनेमा केपी ओली नै हुनुहुन्छ’ भनेर जवाफ दिने गरेको गौतमले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।