काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले धेरै बोल्न मन भएको भए पनि मनोनित सदस्यलाई ५ मिनेटभन्दा बढी समय नभएको भन्दै गुनासो गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य जटिलताका कारण यथास्थानबाट सम्बोधन गरेका सांसद गौतमले भने, ‘धेरै बोल्न मन थियो। मनोनितलाई ५ मिनेटभन्दा बढी समय छैन। यो ५ मिनेटको समयमा एक–दुई कुरा सकाैँला।’
उनले राजनीतिमा महाभूकम्प गएको बताउँदै आफूहरु समालिएको स्पष्ट पारे। उनले गएको स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने र ०७४ मा सोही घटना दोहोरिको बताए।
उनले गठबन्धन गरेर निर्वाचन जानुभन्दा एउटै पार्टी बनाएर जान सुझाव दिए। उनले गठबन्धन गरेर सरकारमा गएकोप्रति आपत्ति जनाउँदै यसले एमाले र कांग्रेस दुवै पार्टीकै बेइजत भएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।